You are viewing the translated version of सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालकको जिम्मेवारी.
Section 8
सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालकको जिम्मेवारी
सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालकको जिम्मेवारी देहाय बमोजिम हुनेछः-
(क) प्रचलित कानून विपरीतका सूचना, विज्ञापन र सामग्रीको प्रकाशन वा प्रसारण रोक्ने गरी सामाजिक सञ्जालमा एलगोरिदम (कलन विधि) विकास तथा अन्य उपाय अवलम्बन गर्नु पर्ने,
(ख) दफा ४ बिपरीतका सामग्री सामाजिक सञ्जालमा प्रकाशन वा प्रसारण भएको गुनासो प्राप्त भएमा सोको पहिचान गरी सो सामग्री चौबिस घण्टाभित्र हटाउने,
(ग) कसैले सामाजिक सञ्जालमा सम्प्रेषण गर्न नहुने विषयवस्तु सम्प्रेषण गरेको वा गर्न लागेको देखिएमा सामाजिक सञ्जाल व्यवस्थापन इकाइ वां सम्बद्ध निकायले त्यस्तो सामग्री हटाउन निर्देशन दिएमा चौबिस घण्टाभित्र हटाउने,
(घ) सामाजिक सञ्जाल प्रयोगकर्ताका वैयक्तिक विवरणको गोपनीयता कायम राख्न आवश्यक सुरक्षा मापदण्ड अवलम्बन गर्ने र यस्ता विवरण सार्वजनिक गर्न वा अन्य प्रयोजनमा प्रयोग गर्न नहुने,
(ङ) सामाजिक सञ्जाल प्रयोगकर्ताको हित र सुरक्षाको लागि आवश्यक सचेतना र शिक्षामूलक सामग्री निरन्तर रुपमा प्रकाशन वा प्रसारण गर्ने, (च) सामाजिक सञ्जालको प्रयोगका क्रममा आएका गुनासो सम्बोधनको यथोचित व्यवस्था गर्ने,
(छ) नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता, सामाजिक तथा धार्मिक सद्भाव बिरुद्ध हुने वा सामाजिक तथा धार्मिक _ सद्वाव भड्काउने सामग्री प्रकाशन वा प्रसारणमा रोक लगाउने,
(ज) सामाजिक सञ्जाल प्लेटफर्ममा प्रकाशन वा प्रसारण भएका सामग्रीको तथ्यको जाँच गर्ने,
(झ) सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्न अन्तर्राष्ट्रियि रूपमा विकसित सान्टाक्लारा सिद्धान्तको परिपालना गर्ने,
(ज) सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालनबाट हुने कारोबारको भुक्तानी बैड्रिङ प्रणालीबाट गर्नु पर्ने।